पाल्पा ५ पौष
मोटर साइकल र्दुघटनामा १ जनाको मृत्यु भएको छ । मंगलवार साझ ५ः३० वजे रिब्दीकोट गाउँपालिका ४ को बाउनडाडाँमा तानसेनवाट हार्थोक जादै गरेको लु १ ख ९१३४ नं.को ट्रकलाई लु ६८ प २०५ नं.को मोटर साइकलले ओभरटेक गर्ने क्रममा मोटर साइकलको पछाडी सवार यात्रु ट्रकको पछाडी ठोक्कीन गई अचानक ट्रकको पछाडीको पाङ्गाले किच्दा घटना स्थलमै मृत्यु भएको जिल्ला टाफिक कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा रिब्दीको ६ निवासी अन्दाजी ३० वर्षीय नर वहादुर गाहा रहेका छन् । दुवै सवारी र सवारी चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।