सुमन कार्की
पाल्पा,४ पुस
यति खेर पाल्पाका कृषकहरुलाई सुन्तला विक्री गर्न भ्याई नभ्याई छ । अहिले पाल्पाका कृषकहरुका लागी सुन्तला खेती आम्दानीको मुख्य स्रोत बन्न पुगेको हो । भौगोलीक बनोट र हावापानी उपयुक्त भएका कारण पाल्पाको छहरा मुझुङ्ग, मैनादी, भैरवस्थान ,कुसुम खोला,पूर्वखोला,देउराली,बराङ्गदी,नायर लगाएतका गाँउका कृषकहरुले परम्परा खेतीको तुलनामा सुन्तला खेतीवाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
कृषकहरुलाई सुन्तला खेती व्यवसायीक वनाउनकोलागी कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेका कारण जिल्लाका कृषकहरुले सुन्तला खेतीलाई प्रमुख नगदे वालीको रुपमा उपयोग गर्दे आईरहेका छन् । २ दशक अगी सम्म घरायसी प्रयोजनको लागी र निवार्हमुखी सुन्तला खेती गरेका किसानहरु यति खेर व्यवसायिक रुपमा लागे पछि राम्रो आम्दानी लिन सफल बनेका छन् ।
सुन्तलाजात फलफूलको खेती प्रवद्धनका लागी लुम्बिनी प्रदेश सरकार र संघीय सरकाले समेत निति तथा कार्यक्रम ल्याएका कारण जिल्लाका महिलाहरु समेत व्यवसायिक सुन्तला खेती तर्फ आर्कर्षित भई महिलाहरु पनि आर्थिक रुपले सवल र सक्षम बन्दै गईरहेका छन् । एक पटक लगए पछि वर्षो सम्म आम्दानी लिन सकिने भएका कारण र उत्पादित वस्तुको बजारीकरणको लागी सहज भए पछि महिलाहरु पनि व्यवसायिक सुन्तला खेती तर्फ आकर्षित भएको अगुवा कृषक गीता घिमिरे वताउनु हुन्छ ।
लामो समय पछि वैदेशिक रोजगारवाट फर्किएका पाल्पा मुझुङ्गका कृषक संजीव बस्नेत पनि यति खेर सुन्तला खेतीवाट राम्रो आम्दानी भएको वताउनु हुन्छ । आफ्नो वारीमा ३ सय वढि सुन्तलाको वोटले फलदिन लागेको उहाँको भनाई छ । एकपटकको लागानीमा वर्षौ सम्मको आम्दानी लिन सकीने भएकोले सुन्तला खेती राम्रो भएको वताउदै आफुले वार्षिक ५ लाख रुपैया सम्म आम्दानी गर्न सफल भएको कृषक बस्नेत बताउनु हुन्छ।
सुन्तला जात फलफूललाई व्यवसायीक खेतीको रुपमा लिनथालेपछि अन्य वाली नै लगाउन छाडे पछि सुन्तला खेती नै आफ्नो जीवन निर्वाह को मुख्य माध्यम बनेको कृषक नित्यानन्द पोख्रेल बताउनु हुन्छ।
कम मेहेनतमा घरै वसी वसी राम्रो आम्दानी लिन सकिने र सवैले खेती गर्न सजिलै सकिने भएका कारण आफ्नो पाखो वारीमा २ सय वोट सुन्तला लगाएर आम्दानी लिन सुरु गरेको कृषक गंगा कुमारी रायमाझी वताउनु हुन्छ । अहिले घरैवाट ५५ पैया प्रति के.जीमा सुन्तला विक्री हुदै आएको रायमाझीले वताउनु भयो ।
यहाँ उत्पादित बस्तु स्थानिय वजार देखि सदरमुकाम तानसेन,रुपन्देहीको वुटवल भैरहवा,पोखरा साथै चितवनको नाराणघाट सम्म पुग्ने गर्दछ ।
जिल्लाको तथ्याङ्क अनुसार ३ हजार रोपनी क्षेत्रफल भन्दा बढीमा सुन्तला मौसम जुनारको व्यवसायीक रुपमा खेती गरीएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले व्यवसायिक सुन्तला खेती प्रवद्धनकालागी यान्त्रीकरण,उन्नत जातको विउ र विरुवा प्रविधि संगै उत्पादित वस्तु भण्डारणकालागी शितभण्डार निमार्णकालागी सहयोग गरेको परियोजनाका प्रमुख दिपक भट्टराई वताउनु हुन्छ ।
अगील्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको र जिल्लाले सुन्तलावाटै १० करोड रुपैया वढि भित्राउने कृषि ज्ञानकेन्द्रले जनाएको छ । पाल्पाको तथ्याङ्क अनुसार अघिल्लो वर्ष २ हजार ५ सय म्याट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ५ हजार म्याट्रिकटन भन्दा बढी उत्पादन हुने प्रक्षपण गरिएको छ ।
किसानहरु विचौलीयाका कारण मुल्यमा च्यापिएकोले स्थनिय प्रदेश सरकारले वजारीकरणकालागी सहज वातावरण बनाई दिएको खण्डमा किसानहरु थप उतसाहि हुने देखिन्छ । किसान र उपभोक्ताको विचमा धेरै अन्तर भएकाले मूल्य समायोजनकालागी पहल गर्नु पर्ने कृषकहरुको माग रहेको छ । सुन्तला खेतीवाट उत्साहि कृषक मूल्यका कारण निरास हुन नदिनका लागी समयमै सरोकार निकायले ध्यानदिनु पर्ने देखिन्छ ।