पाल्पा २६ मंसिर
पाल्पामा पहिलो पटक जेब्राक्रसीङ्ग बनाईएको छ । तानसेन न.पा. २ नाराणस्थानमा बढ्दो सवारीको चाप,पैदल यात्रीको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा बाटो वार पार गर्न परेको असुविधालाई मध्यनजर गर्दै देववाणी सस्कृत तथा सामुदायिक माध्यमिक विधालयको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जेब्राक्रसीङ्ग बनाएको हो ।
सडक क्षेत्रमा सवारी साधनको चाप वढेसंगै दिनप्रतिदिन वढी रहेको सानाठुला सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जेब्राक्रसीङ्ग बनाउन लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्र.ना.नि.दामोदर मल्लले राष्ट्रिय न्यूजलाई जानकारी दिए ।
यस्तै न्यु होराईजन स्कुलको सहकार्यमा काजीपैवामा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जेब्राक्रसीङ्ग बनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख मल्लले केहि दिनमै तानसेनको आन्दोलनचोक,दरबार परिसर,लुम्बिनी मेडिकल कलेज तथा नर्यापाटीमा समेत जेब्राक्रसीङ्ग बनाईने जनाए । जेब्राक्रसीङ्गले सामान्यतया सडकमा यात्रीको सुरक्षा तथा सवारी दुर्घटना नियन्त्रण सहयोग पुग्ने आशा आफुले गरेको प्रमुख मल्ले राष्ट्रिय न्यूजलाई जानकारी गराए।













