बुटवल २४ मंसिर
हेल्पर केयरिङ सर्कलको आयोजनामा शनिवार स्वास्थ्थ शिविर सम्पन्न भएको छ । शिविरमा नाक, कान, घाँटी, दाँत, सुगर सम्बन्धी रोगका विरामीहरुले स्वास्थ्य उपचार गराएका थिए ।
स्वास्थ्य आम मानिसको महत्वपूर्ण पाटो भएको भन्दै शिविरको आयोजना गरिएको संस्थाका अध्यक्ष विश्वास घिमिरेले बताए । उनले क्लवले सधै सामाजकि काम गर्दे आईरहेको भन्दै मानिसको स्वास्थ्य नै धन हो भन्दै यसलाई पनि सामाजिक कार्यका रुप हेरेको बताए ।
स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै मनोरोग विशेषज्ञ डा.निकोलश भुसालले अब हरेक क्षेत्रमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै समाजलाई सही दिशा तर्फ लैजान सामाजिक कार्यमा अग्रसर हुनपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका सल्लाकार गणेश पौडेल, सचिव सरिता टन्डन लगायतले आ आफ्नो विचार राखेका थिए ।
स्वास्थ्य शिविरमा डा.निकोलश भुसाल, डा.लिपेन्द्र पोखरेल, डा. रिसव सुवेदी, डा. प्रेमनारायण तिवारीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा बुटवल उपमहानगरपालिका १, २ र ११ का १५० जना स्थानीयहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।













