पाल्पा, २२ मंसिर
जिल्लाको तिनाउ–२, दोभानमा टेलिकमको टावर बिस्तार गरिएको छ । यसअघि टावर नहुँदा यस क्षेत्रका मानिस नेपाल टेलिकमको मोबाइल फोन सेवाबाट समेत बञ्चित हुनुपरेको थियो ।
बुधबार दोभानको माराबासमा टेलिकमको टावर जडानसँगै नवनिर्वाचित ठाकुर गैरेले नेपाल टेलिकमको टु जी सेवा समुद्घाटन गरि सुचारू भएको छ । टु जी सेवा सुचारु भएपछि यस क्षेत्रका नागरिकलाई टेलिकमको सहज पहुँच बिस्तार र यस क्षेत्रका मानिसहरु आमसंचार संग जोडिन पाएको गैरेको भनाई छ । विगत २ वर्ष देखि यस क्षेत्रमा संचारको समस्या रहेको थियो ।यस क्षेत्रमा टेलिकमको टावर मात्र स्थापना गरिएको तर सेवा विस्तार नभएको अवस्था र यसक्षेत्रका स्थानियको गुनासोलाई मध्यनजर गर्दे आफ्नो पहलमा नेपाल टेलिकमको सहयोगमा टुजी सेवा सुचारु गरिएको गैरेले जानकारी दिए ।
टुजी सेवा विशेष गरि यसक्षेत्रको नजिकका गाँउलाई मध्य नजर गरि संचालनमा ल्याइएको र छिट्टै फोर जी पनि संचालनमा ल्याइने नेपाल टेलिकम पाल्पा शाखाले जनाएको छ । केही समय अगीनै टावर स्थापना भएता पनि विभिन्न प्राविधिक कठिनाइले गर्दा संचालनमा आउन नसकेको नेपाल टेलिकम पाल्पा शाखाले जनाएको छ । अहिले भने सवैको सहयोग र पहलमा टावर संचालनमा ल्याएको हो ।
स्थानिय भक्त बहादुर सामैका अनुसार नयाँ टावर बिस्तार गरेपछि दोभानको झ्याङ्ला, बगाहा, नुवाकोट, खुर्साने, हरियाली गाउँ, सुकेतालका स्थानीय बासिन्दालाई सेवा पाउन सहज भएको छ । यसअघि यस क्षेत्रमा टेलिकमको टापर नटिप्दा स्थानीय बासिन्दाले सास्ती भोग्दै आएका थिए । अब फोन गर्न, इन्टरनेट सुबिधा लिन सहज भएको स्थानीय बासिन्दाको भनाइ छ ।













