पाल्पा २१ मंसिर
जिल्ला ट्राफिक कार्यालय पाल्पाले तानसेन बसपार्क क्षेत्रमा व्यवस्थीत पार्किङ्गको लागी पहल कदमी चालेको छ ।
तानसेनको अब्यबस्थित पार्किङ्गलाई ब्यस्थित गराउने उद्धेश्यले लाईन मार्किङ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए ।
बसपार्क क्षेत्रमा वर्षो देखि समस्याको रुपमा रहेको अब्यबस्थित पार्किङ्ग अव देखि भने व्यवस्थीत गरीने भएको हो । सवारीचाप वढे संगै बसपार्क सागुरो मात्र नभई यहाँ पार्किङ्गको समेत समस्या रहदै आएको छ । नगर सरकारले विकल्पको रुपमा नयाँ बसपार्क बनाउन बनदेवि क्षेत्रमा काम सुरु गरेता पनि त्यो अझै अलपत्र अवस्थामै रहेको छ ।













