पाल्पा ८ कार्तिक
बिश्वश घिमिरे
रुपन्देही क्षेत्र नं.२ अन्र्तगत पछिल्लो मतगणना अनुसार ४३ हजार २५६ मत गन्दा पौडेलले १४ हजार ५ सय ९० मतप्राप्त गरेका छन् । पौडेलले १४ हजार ५ सय ९० मत पाउँदा उनका निकटतम प्रतिद्धन्दि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १३ हजार ७ सय २७ र राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष साथै गठवन्धनका समर्थक केशव बहादुर थापा मगरले ११ हजार ५१४ मतले पछ्याउदै छन् ।
एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अहिले बुटवल क्षेत्र नं २ मा जितको लागि मुस्कील पर्दे गएको छ । पौडेलले जम्मा ८६३ मतले अग्रता लिएका छन् भने गणेश पौडेलले उनलाई पछ्याएका छन्। विष्णु पौडेलले २०६४,२०७०,२०७४ सालको चुनावमा तीनपटक यो क्षेत्रमा जितेका थिए।
अझै ३८००० हजार मत गन्न बाँकी रहेको छ।













