पाल्पा ८ कार्तिक
प्रदेश सभा सदस्य तर्फ क्षेत्र नं.२ को १ र क्षेत्र नं.१ को १ मतगणना सएिको छ । मतगणना सकिए संगै प्रदेश सभा २(१)मा नेपाली कांग्रेसका बिर वहादुर राना २ हजार ७५ मतको भारी अन्तरले विजयी भएका छन् । रानाले कुल १६ हजार ३९ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिस्प्रधी एमालेका उम्मेदवार परशुराम भटेराईले १३ हजार ९ सय ६४ मत प्राप्त गरेका छन् । यता प्रदेश सभा सदस्य क्षेत्र नं. १ को १मा भने एमालेका उम्मेदवार राजु प्रसाद श्रेष्ठले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० (५३९०)भारीमतका साथ पछाडी पारेका हुन् । श्रेष्ठले १७ हजार ६ सय ४२ मत प्राप्त गरेका हुन भने खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरेका छन् ।













