कार्तिक २४, पाल्पा ।
यति खेर पाल्पाका किसानहरु धान खेती सिर्हान हतारमा छन् । जिल्लाका कृषकहरु आधुनिक प्रविधि सगै जुद्धन् लागेका कारण सहज र सरल भएको छ । अहिले कृषकहरु कृषि प्रविधिको प्रयोग गरेर धान र पराल स्याहार्न थालेका छन् । जस्काकारण कृषकहरुको समयको बचत हुनुका साथ साथै लागतमा पनि कमि आएको छ ।
पछिल्लो समय धान काट्न, धान र पराल छुट्याउन स्याहार्न कृषि प्रविधिको प्रयोग बढ्दै गएको हो । आधुनिक प्रविधिका साथै विभिन्न सरकारी अनुदान पाउन थालेपछि धान काट्ने मेसिन, थ्रेसर, ट्याक्टर धान पराल स्याहार्नका लागि प्रयोग बढ्दै गएको पाईन्छ । कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको र यसले किसानको समयको बचत र छिटो छरितो रुपमा खेती स्याहार्न सहज र लगानीको समेत बचत गरेको माथागढी–२, रुप्सेका पूर्णबहादुर सारु वताउछन् । पाँच वर्षअघिसम्म धान काट्न खेतारा खोज्नुपर्ने हुन्थ्यो , अहिले एक कल फोनको भरमा खेतमै धान काट्ने मेसिन आउँछ । मेसिनको सहायताबाट धान काट्दा दिनभर समय दिन नपर्ने, ज्यामी खोज्दै हिड्न नपर्ने, ज्यामीका लागि नास्ता बनाउन रकम र समय खर्च गर्न नपरेको किसानको भनाई छ । मेसिनको सहायताबाट धान काट्दा खर्च समेत तीन भागमा एक भाग मात्रै पर्न आउने उनीहरूले बताउँछन् । यस्तै धान र पराल छुट्याउँदा थ्रेसरको प्रयोगले किसानको लगानी र समयको बचत र थ्रेसर भित्रिएपछि गोरुको सहायताले दाँइ हाल्ने झण्झटबाट समेत मुक्त भएको माडी कसेनीका स्थानीय कृषक रुकवीर कुमालले वताउछन् । थ्रेसर आएपछि दाँइ गर्न साता र दश दिन समय लगाउन नपर्ने केही घण्टामै सबै काम सकिने कुमालले वताउछन् ।
यस्तै धान र पराल स्याहार्न मान्छेको सट्टामा ट्याक्टरको मात्रै प्रयोग हुने गरेको छ । पछिल्लो पाँच र सात वर्षयता पराल र धान बोक्न ट्याक्टरको मात्रै प्रयोग भएको त्यहाँका किसानको भनाई छ । पहिले मानिसले नै धान र पराल बोकेर निश्चित स्थानसम्म लैजानुपर्ने अवस्था झन्झट पनी हटेको छ । तर अहिले कम लगानी र थोरै समयमा धान पराल स्याहार्ने गरिएको कुमालले जानकारी दिए ।
कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन स्थानीय तह, प्रदेश सरकार तथा अन्य निकायले अनुदान दिइरहेकाले अझै कृषकलाई सहज भएको छ । यसले कृषिमा प्रविधिको प्रयोग बढेको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताईन्। कृषि क्षेत्रमा प्रविधिको प्रयोगले लागत खर्च कम हुनुका साथै समयको पनि बचत भएको र उत्पादनमा बृद्धि भएको अधिकारीले बताईन् । यो वर्ष पाल्पा जिल्लामा समयमा पानि नपरेका कारण धान उत्पादनमा कमि हुन सक्ने अधिकारीको भनाई छ ।
पाल्पा जिल्लामा कूल खेतीयोग्य क्षेत्रफल ५७१७२ हेक्टर रहेको छ ।जसमध्ये वर्षे धान लगाईएको ८२१० हेक्टर क्षेत्रफल रहेको छ ।













