पाल्पा १९,कार्तिक
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यलय पाल्पाले एक दिने जिल्ला स्तरीय मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखिकरण कार्यक्रम जिल्ला भित्र संचालीत विभिन्न मिडिया संचालक तथा मिडियामा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला निर्वाचन अधिकृत रुक्मांगत अर्यालले पाल्पामा निर्वाचन कार्यक्रमले गरेको तयारी,आचारसंहिता, तथा गतिविधिको बिषयमा जानकारी गराउनु भएको थियो । अधिकृत अर्यालले मतपत्र तथा मतदानका लागि आवश्यक सामाग्रीहरु जिल्लामा आइसकेको र लगभग सवै तयारीअवस्थामा रहेको जानकारी दिनुभयो । २ निर्वाचन क्षेत्ररहेको पाल्पा जिल्लामा २ लाख १ हजार ३ सय २६ जना मतदाता रहेका छ्न । जिल्लामा सुरक्षाकर्मी वाहेक २ हजार ९ सय ५५ जना निर्वाचनका लागि कर्मचारी खटिदै छ्न ।आगागी निर्वाचनमा सक्दो भन्दा सक्दो मत वदर कम गर्ने उदेश्यले नमुना मतदाता शिक्षा पनि संचालन गरिएको जानकारी दिदैअर्यालले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उमेदवारबाट जिल्लामा १६ करोड उठ्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले निर्बाचनमा मिडिया र पत्रकारले खेल्नु पर्ने भुमिका बिषयमा कार्यपत्र प्रस्तुत गर्दे अध्यक्ष रानाले निर्वाचनमा निस्पक्ष र स्वतन्त्र रुपमा रिपोर्टिङ गर्नुपर्ने,समाचारमा बिश्वसनीय स्रोत समेट्नु पर्ने जस्ता बिषयमा जानकारी गराउनुभयो । अध्यक्ष रानाले पत्रकारले पुर्णरुपमा आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । उहाँले गएको स्थानीय निर्वाचन प्रेस काउन्सिलबाट केही मिडियाहरुलाई कारबाही समेत भएको जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार भरत शर्मा,नारायण न्यौपाने,भगवान भण्डारी,राजेन्द्र लिगल,मुक्ति न्यौपाने,भुवन रायमाझी,बिष्णु घिमिरे, जगदीश भट्टराई लगायतले आफ्नो जिज्ञासा राख्नुभएको थियो ।













