कार्तिक १८,
पाल्पा , - पाल्पाको दोभानमा बसको ठक्करबाट एक युवकको मृत्यु स्याङ्जा चापाकोट नगरपालिका ५ का ४१ बर्षिय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।
पाल्पादेखी बुटवल तर्फ जादै गरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिदाँ घाईते भएकाका पाण्डेको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।












