कार्तिक ,१८
पाल्पा, अद्यिकांश मन्दिरमा भगवानसँग मनमनै वर माग्ने गरिन्छ तर हिन्दु धर्ममा मनमनै वर माग्नु नौलो कुरा भने होईन । पाल्पाको तिनाउ गाँउपालिका ४ कोलडाँडास्थित सत्यवती ताल र माईको यस्तो अनौठो मन्दिर जहाँ चिच्चायाएर वर माग्ने चलन छ । मन्दिर र तालको वरपर तीनपटक घुमेर सार्वजनिक रुपमै चिच्चाएर सत्यवती बज्यै सँग वर माग्ने यहाँको र्पूख्याउली चलन हो । करिब १ हजार ५ सय मिटर अग्लो डाडाँको बीचमा यो ताल अवस्थित छ ।
सत्यवती बज्यैले कान नसुन्ने भएकाले भक्तजनले चिच्चाएर वर माग्दा मागेको वर पुरा हुने धार्मिक आस्था रहेको छ । हे सत्यवती बज्यै मैले सरकारी जागिर पाउँ, पढाईमा सफल हुन पाउँ, पारिवारीक सुख शान्ती मिलोस आँटेका सबै कुरा पूरा हुन भनेर भक्तजनहरुले वर माग्ने गर्छन् । यस्तै वर माग्ने सत्यवती मेला आज देखी सुरु भएको मेला कार्तिक २२ गतेसम्म तीन दीन मेला लाग्दै आईरहेको थियो तर यसबर्ष भने थप दुई दिनसम्म मेला लाग्ने लाग्ने भएको छ।
बासको लिगो लिएर आवाज निकाल्ने गरी चिच्चाएर वर माग्ने सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजाआजा गर्ने चलन रहेको छ । विगत प्रा :य कार्तिक चर्तुदशीका दिन भक्तजन सत्यवती बज्यैको मन्दिरमा बास बस्ने, पूजा पाठ गर्ने, बिहान देवीसँग चिच्चाएर वर मागी झिसमिसेमै बाटो लाग्ने चलन थियो । यो चलन हिजो आज भने परिमार्जित भएको छ ।त्यो बेलाको पूजा विशेषगरी हुने भएकोले पनि यहाँको मेलाको महत्व रहेको हो ।
परापुर्व कालमा सत्यवती बज्यैले कुभिण्डोको भाडाँमा पिउने पानी लिएर हिँडेको सोही क्रममा यहाँ विश्राम गर्दा पोखरी पनि कुभिण्डो आकारकै किंवदन्ती छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न आउने भक्तजनहरु पाल्पा जिल्लासहित छिमेकी जिल्लाहरुका विभिन्न स्थान र भारतको सुनौली, नौतुना, गोरखपुर लगाएतका क्षेत्रबाट समेत आउने गर्छन । बिगत केहीँ बर्ष अगी कोभिडका कारण यो सास्कृतीक मेलाको चहलपहल नभएको तर यस बर्ष भब्य अनि सब्य हुने जनाईएको छ । यस वर्ष भने सत्यवती बज्यैको दर्शन गर्न विशेष साईत जुरेकाले गतवर्ष भन्दा धेरै श्रद्धालु भक्तजनहरु सहभागी हुने मन्दिर व्यवस्थापनको आपेक्षा रहेको छ ।यो वर्ष मेलामा आउने भक्तजनलाई सहजरुपमा मन्दिरसम्म पुग्न यातायातको पनि व्यवस्था र सुरक्षामो प्रबन्धन मिलाईएको वडा अध्यक्ष तुलबहादुर गाहाले जानकारी दिनुभयो ।












