पाल्पा १३, कार्तिक ।
रम्भा गाउँपालिका– १, हुँगीबाट मनकामना मन्दिर दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटार मथारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ३० जना घाइते भएका छन् ।
ना ६ ख ७५८० नम्बरको बस बस सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना आइतवार बिहान ३ बजेको समयमा भएको बताइएको छ ।
घटनाका घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचार गरिएको छ भने सामान्य घाइतेहरुलाई रामपुर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











