सुमन कार्की
कार्तिक ९, पाल्पा
तिहार सुरुभए सँगै शहर बजार देखि गाँउ घर सम्म देउसी भैलोको रौनकता पनि वढेको छ । तर पछिल्लो समय देउसी भैलोको मौलिक्ता हराउदै गएको छ ।
उतीवेला आफै गाउँने नाच्ने,बजाउने गर्दे खेलीने देउसी भैलीमा आफ्नै मौलिकपन थियो । आज भोली त्यो सवै हराउदै गइसकेको छ । साउण्ड बक्सको भरमा रेकडेड हिन्दी गीत,र्याप गीत,लोकदोहोरी गीत तथा फिल्मी गीत बजाउदै नाच्ने देउसी भैलो खेल्ने गर्दा परम्परागत देउसी भैलीको मौलिकता हराउदै गएको हो । कता कति त वाटा वाटामा गाडी तथा मोटरसाइलहरुको वाटो छेक्ने र पैसा उडाउने गरेको समेत पाइन्छ ।
हरेक क्षेत्रमा आधुनिकिकरणको प्रभाव परिरहेको वेलामा परम्परागत शैलीमै खेल्नु पर्छ भन्ने नभएता पनि देउसी भैलीको खास महत्व र मर्म हराउने गरि आधुनिकिकरण गर्न नहुने आभास उठिरहेका छन् ।
शहर देखि गाउ सम्म देउसी भैली खेलीरहेका आज भोलीका युवा युवतीका अधिकाम्स समूहहरु नाच्ने र औपचारीक्ता पुरा गर्नुका साथै आर्थिक संकलन गर्ने देउसी भैलो सजिलो माध्यम बनेको छ ।
पहिला पहिला विशेष गरि वालवालीका देखि किशोर किशोरी घर आँगनमा पुगेर सामूहिक रुपमा नाच्दै ,आफैले गाउदै, हामी आफै आएनौ वलीराजाले पठाको भन्दै भट्याउदै, अन्तिममा घरवेटीलाई आशिष दिने र घरवेटीले दान स्वरुप रोटी,चामल,आलु,मकै साथै थोरै पैसा समेत दिने प्रचलन रहेको थियो भने अहिले डेक बजाउदै नाच्ने पैसामात्र उठाउने गरेको तानसेन नारायणस्थान निवासी डोलराज बस्याल वताउनु हुन्छ ।
विशेष गरि अहिलेको देउसी भैलोको परिपाटी हेर्दा को धनी छ,कस्ले वढी पैसा दिन सक्छ भन्ने र उसैकोमा गएर डेक बजाउदै नाच्ने र पैसा उठाउने रहेको देखिन्छ । हातमा मादल,खैजडी र तालीको भरमा देउसी भट्याउदै घर घरमा देउसी भैलो खेल्दै हिडेको अनुभव तानसेन मेहलधारा निवासी शुक्र विक्रम राणा सुनाउछन् । अहिले हातमा गितार,काधमा डेक वोकेर देउसी भैलो खेलेको देख्दा कता कता देउसी भैलोको मौलिक्ता हराउदै गएको हो की भन्ने आभास भएको राणा दुख्ख पोख्छन् । कताकती एकात समूह भने संस्कृतिको जर्गेना स्वरुप देउसी भैलो खेलेको पनि देख्न सकिन्छ ।
धार्मिक ग्रन्थ अनुसार भगवान विष्णुवाट यमपञ्चकको पाच दिन ९स्वर्ग,मध्य र पाताल तिनै लोकको शासन गर्ने वरदान पाएका बलीराजाले सवैको भलोहोस भनि घर घरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने प्रचलन रहेको पाईन्छ । त्यसैले परम्परागत चाड पर्वलाई आफ्नो मौलिक्ता नहराउने गरि मनाउने परिपाटी बसाल्न सके मात्र यसको एतिहासिक मर्म र महत्वले जिवन्त पाउने छ ।











