पाल्पा, ६ कात्तिक ।
तानसेन नगरपालिकाले प्रकाशन गर्दै आएको हाम्रो तानसेनको बर्ष ५ अंक १ को बिमोचन गरिएको छ । नगर प्रमुख सन्तोषलाल श्रेष्ठ तथा नगर उपप्रमुख प्रतिज्ञा सिंजालीले आईतबार तानसेन नगरपालिकाको मिनी हलमा हाम्रो तानसेनको नयाँ अंकको संयुक्त रुपमा बिमोचन गरेका हुन् ।
नगरपालिकामा नयाँ नेतृत्ब आएपछिको यो पहिलो बुलेटिन हो । अगिल्लो कार्यकालको सरकारले प्रकाशन सुरु गरेको तानसेन बुलेटीनलाई अहिलेको सरकारले अबको वाटो हाम्रो तानसेन नामाकरण सहित निरन्तरता दिएको छ । बिमोचन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले लेखक,पत्रकार तथा बुद्धिजीबिको सल्लाह अनुसार नै आगामी अंकहरु परिमार्जन सहित प्रकाशन गरिने बताउनुभयो । नगरप्रमुख श्रेष्ठले आफ्नो कार्यकालमा बरु काम कम गर्ने तर गरेका कामलाई पूर्णता दिएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले आफ्ना ५ बर्षे योजनाहरु बिस्तारै आउने समेत बताउनुभयो । नगर प्रमुखको रुपमा सानो ठाउँबाट ठूलो ठाउँमा आउदा खोलामा खेलेको मान्छेलाई समुद्रमा फाल्दिएको जस्तो अनुभब भएको धारण राख्नुभयो ।
नगर उपप्रमुख प्रतिक्षा सिंजालीले स्वागत मन्तव्य सहित अबको बाटो हाम्रो तानसेन बुलेटिनको बिषमा जानकारी दिनुभयो । बुलेटिनको सम्पूर्ण बिषय माथी साहित्यका तथा साधक पुस्कर राज रेग्मीले टिकाटिप्णी तथा परिचर्चा गर्नुभएको थियो । रेग्मीले बुलेटिनमा भएका सबल पक्ष माथी चर्चा गर्दै केही सुझाब समेत दिनुभयो ।
अबको बाटो हाम्रो तानसेन बुलेटिनका बिषयमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना,पत्रकार माधब अर्याल, पत्रकार नारायण न्यौपाने, पत्रकार झपेन्द्र गहिरे, बुद्धिजीबि निर्मल श्रेष्ठ तथा पर्यटन ब्यबसायी धनिश्वर बस्यालले सुझाब सल्लाह दिनुभएको थियो ।











