पाल्पा ६ कार्तिक
गत १ गते तानसेनको बारुदखानवाट हराएको मोटरसाइकल वुटवलमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्तिक १ दिउसो करिव १ वजे तिर लु८प नं.को बाईक हराएकोले खोजतलास गर्न भनि सवारी धनी सुर्य कार्कीले निवेदन दिएका थिए । वुटवल उप–महानगरपालिका ९ को नयाँवसपार्क नजिकै सडकमा रोकी राखेको अवस्थामा बाईक प्रहरी विट बुटवलको टोलीले पाल्पा ३ घर वताउने वर्ष २६को सुरज नेपाली सहित फेलापारी नियन्त्रणमा लिएको हो । सुरज नेपाली र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय पाल्पालाई जिम्मा लगाइएकोमा चोरी सम्बन्धी आबश्यक थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।











