पाल्पा रामपुर २६ असोज
पाल्पा जिल्लाकै खेलकुदको गरिमा बोकेको मण्डली कप यहि कार्तिकमा संचालन हुने भएको छ । यस बर्ष खुल्ला क्लब स्तरीय पुरुष भलिवल मण्डली कप आयोजना गरिएको हो । स्थानिय तहको निर्माण संगै पालिका स्तरिय भलिवल प्रतियोगिता गर्दै आएको क्लबले यसपटक खुल्ला क्लब स्तरीय पुरुष भलिवल प्रतियोगिता पूर्वखोला गाउँपालिका –१ सिलुवा मण्डली क्लबको खेलमैदानमा गर्ने आयोजकले जनाएको छ ।
मण्डली स्पोर्ट्स क्लबको आयोजना र पुर्वखोला गाउँपालिकाको सहआयोजनामा हुन लागेको प्रतियोगिताबारे बुधबार रामपुरमा पत्रकार भेटघाटको आयोजना गर्दै क्लबले देशका उत्कृष्ट क्लब सहभागी हुने प्रतियोगिता आगामी कार्तिक १६ देखि १९ गतेसम्म चल्ने जनाएको हो ।
‘‘मण्डली स्पोर्टस् क्लवको शान, खेलकुद तथा लोक संस्कृतिको पहिचान’’ भन्ने नारा सहित २०७३ सालमा सिलुवामा स्थापना भएको मण्डली स्पोर्ट्स क्लबले जिल्लाको पुर्वी क्षेत्रमा खेलकुदको विकासमा उल्लेख्य भुमिका खेल्दै आएको छ ।
स्थानीय स्तरमा खेलकुदको विकास र समाजका बालबालिका, युवालाई दुव्र्यसनबाट जोगाई सक्रिय बनाईराख्न स्थापना गरिएको क्लबकै देनले अहिले राष्ट्रिय स्तरमा बिक्ने खेलाडी उत्पादन भएको मण्डली स्पोर्टस् क्लवका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । देशको संरचना र भौगोलिक अबस्था अुनसार ७ सय ५३ स्थानीय तहमै राष्ट्रिय खेल भलिवल खेल्ने भुबनोट भएको र भलिबल खेल रास्ट्रकै राष्ट्रिय खेल भएकाले पनि खेलको संरक्षण गर्नु पर्ने बताउदै श्रेष्ठले पालिका स्तरीय खेलबाट अब खुल्ला क्लब स्तरीयमा स्तरउन्नति गरि भलिवललाई अझ उच्च स्तरको बनाएको बताउनुभयो ।
विश्व प्रसिद्ध चुरा मण्डली बराजुको नाममा क्लब स्थापना भएर निरन्तर खेल र सामाजिक काममा सक्रिय रहदै आएको मण्डली स्पोर्टस् क्लवका सचिव कृष्ण पंगेनीले बताउनुभयो । साविक सिलुवा गाविसको १ मा स्थानीयकै सक्रियतामा प्रतियोगिता हुदै आएको छ । हाल क्लवले खेल मैदान निर्माण गरी युवाहरुलाई विविध प्रतियोगिता सञ्चालन गर्ने, नियमित टोल स्तरीय रनिङ प्रतियोगिता गरेर स्थानीयलाई सिर्जनशील बनाएको छ भने बालबालिका पनि संगठित र क्रियाशिल हुदै आएका छन् ।
क्लबले प्रदेश स्तरका खेलाडी र राष्ट्रिय भलिवलका प्रशिक्षक समेत जन्माउन सफल भएको छ । पोखरामा असोज २८ देखि सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण कार्तिक ४ गते देखि संचालन हुने भनेको खेल केही दिनपछि सरेर कार्तिक १६ देखि १९ गते सम्म हुने भएको हो ।
छैंठौं मण्डकी कप प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख रुपैया, द्वितियले नगद ७० हजार रुपैया, तृतीयले नगद ४० हजार रुपैया र सान्त्वना हुने समुहले नगद २० हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका ६ बिधामा उत्कृष्ट बिधागत नगद १० हजार रुपैया प्रदान गरिने आयोजकले जानकारी गरायो । हालसम्म प्रतियोगिताका लागि ८ बढी क्लब सम्पर्कमा आइसकेको जानकारी दिईएको छ । मणी मकुण्द भलिबल क्लव, श्रीनगर भलिबल क्लव, वालिङ् भलिबल क्लव, लाफा समाज गल्कोट, कालीगण्डकी सहित पाल्पा, स्याङ्गजा, तनहुँ, रुपन्देही सहितका जिल्लाबाट क्लबको सहभागिता रहने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । विभागिय टिमलाई पनि खेलमा सभागी नगराईने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे, महासंघ सद्स्य दुर्गेश मल्ल , पत्रकारहरु सीता डोटेल, इमान सि. राना, शुशिला रेग्मी, बन्दना पोखरेल, कृष्ण पौडेल, प्रतियोगिताका बिषयमा जिज्ञासा राखेका थिए ।
मण्डली स्पोर्टस् क्लवका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रम पूर्वखोला भलिबल संघका सचिव नविन आचार्यको स्वागत र कन्दरा न्यूज डटकमका कार्यकारी प्रमुख डिल्लीराज पंगेनीको सञ्चालनमा चलेको थियो ।












