नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढेको छ । अहिले थप २२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ५८ जनाको नमुना परीक्षण गरिएकोमा पीसीआर विधिबाट १२२ र एन्टिजेन विधिबाट ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०६ जना संक्रमण मुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४४४ पुगेको छ ।













