पाल्पा- नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाल्पा आईटिएफ तेक्वाण्डो संघबाट २३ खेलाडी छनौट गरिएका छन् । जिल्ला भरीका १३ डोजाङ्गबाट एकसय बढी खेलाडीहरु बिच भएको प्रतिस्पर्धामा २३ खेलाडी छनौट भएको पाल्पा जिल्ला आईटिएफ तेक्वाण्डो संघका अध्यक्ष निर बहादुर सारुले बताउनुभयो ।
एकल स्पायरिङ्ग महिला तर्फ ४१—४५ केजीमा महिमा बारघरे, ४६—५० केजीमा रोशनी थापा, ५१—५५ केजीमा सुप्रिया कनौजे, ५६—६० केजीमा विष्णु खाम्चा, ६१—६५ केजीमा युविना श्रेष्ठ र ६६ंकेजीमा कविता राना छनौट भएका छन् ।
छनौट भएका खेलाडीहरुमा एकल स्पायरिङ्ग पुरुष तर्फ ४६—५० केजीमा देब थापा, ५१—५५केजीमा उज्वल गहतराज, ५६—६० केजीमा रमेश नेपाली, ६१—६५ केजीमा निसप थापा, ६६—७० केजीमा विपिन कवर, ७१—७५ केजीमा मिलन राना, ७६—८० केजीमा सुजन सारु, ८१—८५ केजीमा एन्जील कुवर र ८६ंमा साजन पचभैया छनौट हुनु भएका छन् ।
पाल्पा जिल्ला आई,टि,एफ तेक्वाण्डो संघका अनुसार एकल प्याट्रन पुरुष तर्फ रजन रेग्मी (कालो पेटी दोस्रो डान), आर्जित सारु (निलो पेटी), निरज वहादुर थापा –(कालो पेटी प्रथम डान), विशाल राना (रातो पेटी), र बिरेन्द्र बुढा – (कालो पेटी तेस्रो डान) छनोट भएका छन् ।
त्यसै गरी एकल प्याट्रन महिला तर्फ रोशनी श्रेष्ठ (रातो पेटी ), मन्जिला कुवर (निलो पेटी), र एलिसा थापा (कालो पेटी प्रथम डान) छनौट भएका हुन् ।
पाल्पा जिल्ला आई,टि,एफ तेक्वाण्डो संघका जिल्ला उपाध्यक्ष कृष्ण थापाका अनुसार जिल्ला बाट छनौट भएका खेलाडीहरु रोल्पाको लिवाङमा हुने लुम्बिनी प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछन् ।
प्रदेशमा छनौट भएका खेलाडीमात्रै पोखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । यस अघि भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाल्पा आई.टि.एफले १ स्वर्ण, १ कास्य र ३ रजत पदक प्राप्त गरेका थिए ।













