पाल्पा १९ भाद्र
नेकपा एमाले पाल्पाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर– २ बाट ठाकुर गैरेलाई उमेदवारको रूपमा सिफारिस गरेको छ।
पाल्पामा आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उमेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले वताए ।
गैरेले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए। उनले अनेरास्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका हुन् । युवा नेता गैरे हाल नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज छन्।













