दाङमा एक युवक टिकटक बनाउने क्रममा भीरबाट खसेर मृत्यु भयो ।
ति युवक तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी थिए । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट टिकटक बनाउन झका थिए । टिकटक बनाउन गएका केसी शनिबार राति करिब नौ बजे भीरबाट खसेका हुन् ।
करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरेका थिए । उनलाई राप्ती प्रादेशिक अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताउनुभयो ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













