पाल्पा तानसेनको बगनासकालि गाउँपालिका वडा नं. ३ मा अवैध कपडा फेला परेको छ ।
बाटोेमा मानिसले लगाउने ३ बोरा कपडा वेवारिसे रुपमा देखेपछि त्यहाँका बासिन्दाले प्रहरीलाई बोलाएका हुन् । प्रहरीले चेकजाँच गर्दा कुर्था सुरुवाल पाँच सय नब्बे वटा थिए । प्रति जोर कुर्ता सुरुवाल मूल्य अन्दाजि चार सय पचास का दरले हुन आउने पाँच सय नब्बे जोर कुर्ता सुरुवालको अन्दाजि मूल्य दुई लाख पैसठ्ठी हजार पाँच सय मात्र हुने रहेको जिल्ला प्रहरी कार्यालयले जनाए । उक्त सामान बरामद गरी बेलहीया भन्सार कार्यालय रुपन्देही पठाईएको छ ।













