काठमाडौं- एक सातामा तोलामा २ हजार ८ सय रुपैयाँले सुनको मूल्य घटेको छ ।
अघिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी गराए ।
गत शुक्रबारदेखि सुन र चाँदीको मूल्य घटे पनि आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
गत शुक्रबारदेखि छापावाल सुनको मूल्य २ हजार ८ सय र चाँदीको मूल्य तोलानमा ७० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटका कारण नेपाली बजारमा पनि प्रभावित भएको बताए ।













