२२ साउन, गुल्मी ।
गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ट्रक चालकको द्धटना स्थलमै मृत्यु भएको हो । मृतक
गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
आइतबार बिहान गुल्मीे रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
ट्रक सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।













