बुटवल - फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रा. लि. ले बुटवल महामेला २०८२ को आयोजना गर्ने भएको छ।
चैत १ गतेदेखि २५ गतेसम्म बुटवल – ११ देवीनगर रंगशालामा हुने बुटवल महामेला – २०८२ को शुक्रबार पत्रकार सम्मेलन गरी कम्पनीका अध्यक्ष गोविन्द भुसालले मेलाको तयारी अन्तीम चरणमा पुगेको जानकारी दिनुभयो । आर्थिक मन्दिका कारण सुनसान बुटवल बजारलाई चलायमान बनाउने र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य महामेलाको रहेको समेत भुसालले बताउनुभयो ।
बुटवल उपमहानगरपालिका संरक्षक रहेको मेलामा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहनुका साथै मेलामा आकर्षणको रुपमा बुज्र खफिफा, सिंहदरबार, धरहरा, बुद्ध मुर्तीलगायत लुम्बिनीको झल्को दिनेगरी सचिवालय निर्माण गरिने अध्यक्ष भुसालले बताउनुभयो ।महा मेलाको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ,
यस्तै मेलामा जलपरी जलपरा कपल डान्ससहित, बाल उद्यान, सर्कस रहनेछन् भने टिकटक प्रतियोगिता तथा डान्स प्रतियोगिता आयोजना गरिएको छ मेलामा विभिन्न प्रकारका १ सय २० वटा स्टल रहनेछन् , मेला अवधिभर करिब ५ लाख दर्शक आउने र १ करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ भुसालले बताउनुभयो ।













