पाल्पा – जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा छ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर यात्रु बाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएकालाई भर्खर तानसेनस्थित मिसन अस्पतालमा ल्याईएको छ ।
दुर्घटनामा परी घाइते र मृतक सबै यात्रुको उद्दार सकिएको रिब्दीकोट गाउँपालिका–२, का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले बताउनुभयो ।
गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट १५० मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।










