पाल्पा, ५ जेठ
पाल्पाका १० स्थानिय तह मध्ये ९ वटाको अन्तिम नतिजा सार्वजनिक हुँदा एक स्थानीय तहको मतगणना भने अझ पनि सुरुहुन सकेको छैन् । शनिबार देखि स्थगित रम्भा गाउँपालिकाको मतगणना अझै सम्म पनि सुरु हुन सकेको छैन् ।
रम्भागाँउपालिकाको वडा नं.५ ताहुँको मत गतगणनाको क्रममा ७४ फर्जी मत भेटिएपछि विवाद हुन गई गणना कार्य स्थगित भएको थियो । सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ती जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । मतगणना स्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । स्थगित मतगणना सुचारु गर्न प्रयास गरिए पनि सफल नभएको रम्भा गाउँपालिकाका निर्वाचन अधिकृत कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत भण्डारीका अनुसार जिल्लास्तरीय, पालिकास्तरीय निर्वाचन संयन्त्रसंगको छलफलमा पुनः मतगणना सहमति भएपनि गठबन्धन दलका प्रतिनिधीले पुनः मतदानको माग राख्दा सहमति हुन नसकेको हो ।
मतगणना सुरु गर्ने विषयमा दलहरुसँग छलफल भईरहेको भण्डारीले बताउनुभयो । यता निर्वाचन कार्यालयले मतगणना सुरु गर्न भनेर परिपत्र रम्भा गाउपालिकामा गरिसकेको छ ।













