साउन १३ । आज देशभर श्रद्धा र भक्तिपूर्वक गुरु पूर्णिमा मनाइँदै छ। हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा ज्ञान, शिक्षा र संस्कार प्रदान गर्ने गुरुजनप्रति सम्मान, कृतज्ञता तथा आशीर्वाद लिने परम्परा रहेको छ।
विद्यालय, कलेज, आश्रम तथा धार्मिक स्थलहरूमा विशेष पूजा, सम्मान कार्यक्रम र शुभकामना आदानप्रदान गरिँदैछ। सनातन परम्पराअनुसार गुरुले अज्ञानको अन्धकार हटाई ज्ञानको उज्यालोतर्फ डोर्याउने भएकाले गुरुको स्थान अत्यन्त उच्च मानिन्छ।
यस अवसरमा आफ्ना शिक्षक, अभिभावक तथा जीवनमा सकारात्मक मार्गदर्शन गर्ने सबै व्यक्तिप्रति सम्मान व्यक्त गर्दै उनीहरूको योगदानको स्मरण गरिन्छ।













