माधव पाण्डे पाल्पा - पूर्वखोला गाउँपालिका–२ जल्पास्थित रहेको सत्यवती देवी मन्दिरकाे निर्मित भवन समुद्घाटन गरिएको छ।
जल्पास्थित रहेको सत्यवती देवी मन्दिरकाे निर्माण कार्य सकिए संगै एक कार्यक्रमकाे आयोजना गरि उक्त मन्दिरकाे समुद्धाटन गरिएको हाे ।
निर्मित मन्दिर उद्घाटन कार्यक्रमको जल्पा वडाका जनप्रतिनिधि नीरबहादुर सारुकाे अध्यक्षतामा भएको साे कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय श्री खे बहादुर सारुको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै निर्मित मन्दिर उद्घाटन कार्यक्रममा पूर्वखाेला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा,गाउँपालिका प्रशासकीय अधिकृत राजु नेपाल,गाउँपालिका प्रवक्ता मेहर सिंह सारुको विशेष आतिथ्यता रहेको थियो ।
मन्दिर उद्घाटन कार्यक्रममा नीर बहादुर सारुले बाेल्दै सत्यवती देवी मन्दिर धार्मिक आस्था,संस्कृति र सामाजिक एकताको केन्द्रका रूपमा विकास हुँदै गएको बताउँनुभयो । उहाँले मन्दिर क्षेत्रको संरक्षण र थप पूर्वाधार विकासमा वडा कार्यालय निरन्तर लागि रहने भनाइ राख्नुभयो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री माननीय खेमबहादुर सारुले धार्मिक सांस्कृतिक मन्दिर र सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुहुँदै यस्ता धार्मिक स्थलहरूले पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक विकासमा समेत टेवा पुग्ने बताउँनुभयो ।
विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले धार्मिक स्थलको विकासले गाउँपालिकाको पहिचान स्थापित गर्नलाई महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । त्यस्तै गाउँपालिका प्रशासकीय अधिकृत राजु नेपालले धार्मिक तथा सामाजिक गतिविधिले समुदायमा एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने बताउँनुभयो ।
उद्घाटनमा बाेल्दै गाउँपालिका प्रवक्ता मेहर सिंह सारुले सत्यवती देवी मन्दिरको प्रचारप्रसार र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । जल्पा वडाका अध्यक्ष नीर बहादुर सारुले धार्मिक पर्यटनको विकाससँगै स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।
निर्मित मन्दिरकाे उद्घाटन कार्यक्रम जल्पा स्वास्थ्य चौकी प्रमुख पदमबहादुर दर्लामीकाे सञ्चालनमा सम्पन्न भएको थियो।













