काठमाडौं । खोटाङमा एयर डायनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ। अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको र एकजना घाइते भएको प्रहरीले जनाएको छ।
हेलिकोप्टरमा ६ जना सवार रहेकामा एकजना घाइते भएका छन्। घाइते काजीकुमार राई भएका हुन्। उनलाई उपचारका लागि अर्को हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ।
बुधबार दिउँसो करिब १२ बजे केपिलासगढी गाउँपालिका– २, बालाबेँसीमा एयर डाइनेस्टीको ‘९–एनएफक्यू’ हेलिकोप्टर भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो। स्थानीय एक परिवार आफन्तको मृत्यु भएपछि शव लिएर गाउँ जाने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो।













