फागुन ३०, तानसेन - पाल्पाको बगनासकाली गाउँपालिका–२ रोकाडाडा स्थित सिद्दार्थ राजमार्ग सडकखण्डमा आर्यभञ्ज्याङ्गबाट बर्तुङतर्फ आउँदै गरेको लु १ प ३७४० नम्बरको बोलेरो पिकअपले विपरीत दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटरसँग ठोक्किँदा दुर्घटनामा स्कुटर चालक माथागढी गाउँपालिका–१ का भारतीय सेनामा कार्यरत ३६ वर्षीय खिलेश्वर घर्ती मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते मगरलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको बताईए पनि पुष्टि गर्न बाँकी छ ।
परिवारजनलाई अस्पताल बोलाईएको प्रहरीले जनाएको छ।
बोलेरो पिकअपका चालक २५ वर्षीय युवकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ।













