म राम्रो मेरो राम्रो मात्र भन्नु पशुवत गुण हो आफ्नो कमजोरीमाथि निर्मम आलोचना गर्न सक्नु बल्ल मानवीय विवेकको समुचित उपयोग हो यो वाक्य केवल नैतिक शिक्षा होइन यो राजनीतिक, सामाजिक र ऐतिहासिक चेतनाको मूल सूत्र हो आजको नेपालको राजनीतिक परिवेश राजाले चुनाव बहिस्कार गरेको वक्तव्य GEN Z पुस्ताको आन्दोलन त्यसको परिणाम आन्दोलनको हाइज्याक भएको बहस र पुन असन्तोषको सम्भावना यी सबैलाई बुझ्न पनि यही सूत्र आवश्यक छ आत्मसमालोचना बिना न त व्यक्ति विकसित हुन्छ न आन्दोलन न राष्ट्र।
मानव र पशुबीचको आधारभूत भिन्नता चेतना हो पशु आफ्नो प्रवृत्तिमा बाधिएको हुन्छ उसले आफ्नो आचरणमाथि प्रश्न गर्दैन तर मानिस सग प्रश्न गर्ने क्षमता छ म गलत त छैन मेरो निर्णयले कसलाई असर गर्यो ?
जब व्यक्ति वा संस्था म ठीक मेरो सोच मात्र ठीक भन्छ त्यहा आत्ममुग्धता जन्मिन्छ त्यही आत्ममुग्धता नै सत्ताको दुरुपयोग नेतृत्वको अहंकार र जनताको असन्तोषको जरो बन्छ
दार्शनिक सुकरातले भनेका थिए Unexamined life is not worth living अर्थात परीक्षण नगरिएको जीवन बाच्न योग्य हुदैन आत्मपरीक्षण नै मानवीय गरिमाको आधार हो
वैज्ञानिक समाजवादका प्रणेता कार्ल माक्स ले इतिहासलाई वर्ग संघर्षको परिणाम माने तर उनले कहिल्यै आफ्नो सिद्धान्तलाई जड बनाइनन उनले भनेका थिए I am not a Marxist यो वाक्य आफैमा आत्मसमालोचनाको संकेत हो अन्धअनुकरण होइन आलोचनात्मक चेतना आवश्यक छ ।
उनका सहयात्री एगेल्स ले पनि लेखेका छन कि हरेक सिद्धान्तलाई व्यवहारमा जाचिनुपर्छ व्यवहारमा त्रुटि देखिएमा सशोधन आवश्यक हुन्छ ।
स्टालिन ले पार्टी अनुशासनमा आत्मालोचनालाई संस्थागत रूप दिए उनले भने Criticism and self criticism are the driving force of the Partys development
चीनमा माओ ले सामूहिक आत्मालोचना लाई क्रान्तिको मुटु माने माओको भनाइ थियो Without destruction there can be no construction अर्थात पुरानो गल्ती भत्काइएन भने नया निर्माण सम्भव हुदैन।
नेपालमा नेपाली कम्युनिस्ट पार्टी र त्यसका संयोजक प्रचण्ड ले आत्मसमालोचना लाई संघर्षकालीन र संक्रमणकालीन राजनीतिमा महत्वपूर्ण साधन माने प्रचण्डले पटक पटक सार्वजनिक रूपमा हामीबाट पनि कमजोरी भए स्वीकार गरेका छन त्यो स्वीकारोक्ति नै राजनीतिक परिपक्वताको संकेत हो यद्यपि आलोचकहरूले त्यसलाई पर्याप्त मानेका छैनन।
हालै राजाबाट आएको चुनाव बहिस्कारको वक्तव्यले राजनीतिक तरंग पैदा गर्यो लोकतन्त्रको मूल मान्यता भनेको जनमत हो यदि कोही शक्तिकेन्द्रले निर्वाचन प्रक्रियालाई अस्वीकार गर्छ भने त्यो प्रत्यक्ष रूपमा संविधान र जनसत्ता माथिको प्रश्न हो
तर प्रश्न यहा उठछ किन यस्तो वातावरण बन्यो?
के जनतामा असन्तोष बढेको हो?
के राजनीतिक दलहरूले आत्मसमालोचना गर्न सकेका छैनन?
यदि दलहरू हामी ठीक छौ भन्दै बस्छन भने जनतामा वैकल्पिक शक्तिप्रतिको भ्रमपुर्ण आकर्षण बढछ इतिहासले देखाएको छ जहा सत्ताले आत्मसमालोचना त्याग्छ त्यहा वैकल्पिक आन्दोलन जन्मिन्छ।
GEN Z पुस्ता डिजिटल युगमा हुर्किएको सूचनामा सजग र तुरुन्त प्रतिक्रिया दिने पुस्ता किन उनीहरू आन्दोलनमा उत्रिए?
१. बेरोजगारी र अवसरको अभाव
२. राजनीतिक नेतृत्वप्रतिको अविश्वास
३. भ्रष्टाचारप्रति आक्रोश
४. पारदर्शिताको माग
यो पुस्ताले परम्परागत राजनीतिक भाषाभन्दा फरक भाषा प्रयोग गर्छ उनीहरू सामाजिक सञ्जालमार्फत संगठित हुन्छन छिटो उत्रिन्छन र छिटो निराश पनि हुन्छन
माओले युवालाई क्रान्तिको अग्रदूत भनेका थिए तर उनले चेतावनी पनि दिएका थिएYouth are like the morning sun but they need direction दिशा नभए ऊर्जा बिखरिन्छ।
नेपालको राजनीतिक इतिहासमा धेरै आन्दोलनहरू अन्तत कुनै न कुनै दल वा शक्ति समूहद्वारा क्याप्चर भएका उदाहरण छन जनआन्दोलन २०४६, २०६२/६३ यी सबैमा जनताको ऊर्जा अन्तत संगठित राजनीतिक शक्तिले संस्थागत गर्यो
GEN Z आन्दोलनमा पनि यही प्रश्न उठ्यो
के स्वत स्फूर्त आन्दोलनलाई कुनै राजनीतिक स्वार्थले मोडिदियो? के नेतृत्वविहीन आन्दोलनलाई दलहरूले आफ्नो एजेन्डामा समेटे? मार्क्सले भनेका थिए Revolutions are the locomotives of history तर त्यो रेललाई चालक चाहिन्छ चालक बिना रेल दुर्घटनामा पर्न सक्छ
यदि आन्दोलनको स्पष्ट संरचना र वैचारिक आधार छैन भने बाहिरि शक्तिले त्यसलाई आफ्नो दिशामा मोडन सक्छ यही सम्भावनालाई हाइज्याक भनिन्छ र भयो पनि।
राजनीतिमा खाली स्थान रहदैन असन्तोषले सधै कसैलाई अवसर दिन्छ सत्तारूढ दलमाथि दबाब बढ्यो प्रतिपक्षले सरकारको कमजोरी उजागर गर्ने मौका पायो राजतन्त्र समर्थक शक्तिले पनि लोकतन्त्र असफल भयो भन्ने तर्क अगाडि सार्ने ठाउ पाए सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिहरूले आफ्नो जनाधार विस्तार गरे तर युवाले के पाए? यदि संरचनागत परिवर्तन भएन भने उनीहरूले केवल अस्थायी रिलिज मात्र पाए न युवाले उठायको माग पूरा भयो मात्र ८४ को निर्वाचन ८२ मा यसैमा भावनात्मक सन्तुष्टि तर दीर्घकालीन नीतिगत सुधार सीमित भय
यदि नेतृत्वले साचो आत्मसमालोचना गर्छ भने आन्दोलनको ऊर्जा सकारात्मक सुधारमा परिणत हुन सक्छ
स्टालिनले भने The Party becomes invincible if it does not fear criticism
तर आलोचनालाई दमन गरियो भने असन्तोष विस्फोटमा परिणत हुन्छ नेपालमा हरेक राजनीतिक शक्ति चाहे सत्तामा होस वा विपक्षमा आफ्नो भूमिकामाथि प्रश्न गर्न तयार हुनुपर्छ
के हामीले युवाको अपेक्षा सुनेका छौ ?
के हाम्रो आन्तरिक लोकतन्त्र बलियो छ ?
के हामी पारदर्शी छौ ?
यदि असन्तोष सम्बोधन भएन भने पुन आन्दोलन सम्भव छ। लोकतन्त्रमा आन्दोलन अस्वाभाविक होइन तर बारम्बारको अस्थिरताले निर्वाचन प्रक्रिया प्रभावित हुन सक्छ निर्वाचन नहुनु भनेको सवैधानिक संकट हो तर आन्दोलनको धम्की मात्रले पनि राजनीतिक अस्थिरता निम्त्याउछ मार्क्सवादी दर्शन भन्छ वस्तुगत अवस्था र चेतनागत अवस्था मिल्दा परिवर्तन हुन्छ यदि जनताको चेतना असन्तुष्ट छ र वस्तुगत अवस्था (आर्थिक संकट बेरोजगारी) प्रतिकूल छ भने पुन आन्दोलनको सम्भावना रहन्छ
म राम्रो भन्ने प्रवृत्तिले राजनीतिक संवाद बन्द गर्छ ।
म कहा गलत भए ? भन्ने प्रश्नले संवाद सुरु गर्छ ।
नेतृत्वले सार्वजनिक रूपमा गल्ती स्वीकार गर्नु कमजोरी होइन त्यो नै नैतिक बल हो प्रचण्डले शान्ति प्रक्रियापछि केही निर्णयमा समीक्षा गरेका थिए त्यो प्रक्रिया अझ व्यापक हुन जरुरी छ ।
साथै युवाले पनि आत्मसमालोचना गर्नुपर्छ । के आन्दोलन केवल भावनात्मक थियो ? के दीर्घकालीन कार्यक्रम तयार थियो ?
के नेतृत्व चयन पारदर्शी थियो?
मानवीय विवेकको समुचित उपयोग भनेको निरन्तर आत्मपरीक्षण हो व्यक्ति दल आन्दोलन सबैले आफैलाई प्रश्न गर्नुपर्छ ।
राजाले बहिस्कारको वक्तव्य दिनु युवाको आक्रोश आन्दोलनको दिशा परिवर्तन कसैलाई फाइदा हुनु यी सबै घटनाहरू एउटै मूल समस्याको लक्षण हुन विश्वासको संकट
विश्वास पुन स्थापित गर्ने एक मात्र उपाय छ
पारदर्शिता आत्मसमालोचना र सुधार
यदि हामीले यो पाठ सिकेनौ भने एक महिना पछि पुन आन्दोलन हुन सक्छ निर्वाचन अन्योलमा पर्न सक्छ र अस्थिरता दोहोरिन सक्छ।
तर यदि हामीले आत्मालोचनालाई संस्कार बनायौ भने
आन्दोलन ऊर्जा बन्छ युवा नेतृत्व बन्छ राजनीति परिपक्व बन्छ
र राष्ट्र स्थिर हुन्छ अन्तत म राम्रो होइन
म अझ राम्रो हुन सक्छु भन्ने चेतना नै सच्चा मानवीय विवेक हो।
✒️नवराज बस्याल(बादल)













