राष्ट्रिय न्युज- ActionAid को सहयोग, सामाजिक स्रोत विकास केन्द्र नेपाल (SRDCN) पाल्पाको आयोजनामा र माथागढी गाउँपालिकाको समन्वयमा "समुन्नत समाजको आधार, गुणस्तरिय शिक्षा र स्वरोजगार" बाल प्रायोजन अर्न्तगत प्रयोजित बालबालिकाहरुलाई सम्मान तथा बिदाई कार्यक्रम कसेनी वडा कार्यालय माथागढी को सभाहलमा आज सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीको प्रमुख अतिथ्यता, ActionAid का कार्यक्रम संयोजक शिव नारायण चौधरी, माथागढी -३, कसेनी वडाअध्यक्ष तेज बहादुर घर्ति मगर को बिशिष्ट अतिथ्यता, जिल्ला समन्वय समिति सदस्य केशमाया सुनार, वडासदस्य मान बहादुर राना, वडासदस्य प्रेम बहादुर कुमाल, सरोकार मंच संयोजक नारायण प्रसाद अधिकारी, दिव्य ज्योति मा. वि. प्रधानअध्यापक लोकेन्द्र थापा, नमुना अधिकार महिला समुह अध्यक्ष पुष्पा थापा मगर लगायतको आतिथ्यता/उपस्थितिमा संस्थाका कोषाध्यक्ष तारा रसाइली को स्वागत र कार्यक्रम संयोजक पिताम्बर बस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो। सामाजिक श्रोत विकास केन्द्र नेपाल र एक्सन एड नेपालको साझेदारीमा सन् २०१४ देखि सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गतका कृयाकलापहरु सञ्चालनका लागि कोष निर्माण गर्न बाल प्रायोजन (Child Sponsorship) कार्यक्रममा बाल स्वयम् सेवक (Child Volunteer) को रुपमा निरन्तर सहयोग पुर्याउने बालक्लब तथा बिभिन्न विद्यालयका भाइ बहिनी हरुलाई सम्मान तथा बिदाई गरिएको छ।















