बासुदेव ढकाल रामपुर पाल्पा-
फुटबल खेल मैदान निर्माण अभियानका साथ रामपुरकाे गाैरवमा तपाईंकाे याेगदान भन्ने मुल नारा सहित आउदो गत असाेज २६ गते देखि कार्तिक ३ गते सम्म संचालन हुने तेस्राे वाई वाई ज्याेतिपुञ्ज कप २०८२आयोजना हुने भएको छ। आयाेजकले गरेकाे पत्रकार भेटघाट कार्यक्रममा ज्याेतिपुञ्ज युवा क्लवका अध्यक्ष सुन्दर रानाले रामपुरलाई फुटवल खेलकाे हवका रूपमा विकास गरि खेलका माध्यामबाट पर्यटन विकासमा टेवा पुराउन तेस्राे संकरणका रूप तेस्राे वाईवाई कप फुटवल प्रतियाेगिता २०८२ आयाेजना गर्न लागिएकाे बताउनुभयो ।
रानाले विगत पहिलाे र दाेस्राे सस्करण भब्य रूपमा सम्पन्न भएकाे साथै बिगतमा प्राप्त अनुभवले तेस्राे वाईवाई ज्याेतिपुञ्ज फुटवल कप प्रतियोगिता २०८२ थप ब्यबस्थित हुने आशा लिईएकाे समेत बताउनु भयाे ।
क्लवका निवर्तमान अध्यक्ष एवं आर्थिक समिति संयाेजक सुदिप गाैतमले ब्यवस्थित रंगाशाला निर्माणका लागि रामपुर नगरपालिका र प्रदेश सरकारले सहयाेग गर्ने अपेक्षा सहित जनसहभागिता र थप सहयोगमा करिब ३० लाख अनुमानित खर्च हुने बताउनुभयो ।
गौतमले दर्शककाे लागि सेमिफाइनलसम्म सामान्य टिकट रू ५०,फाईनल टिकट रू१००रहेको बताउनुभयो । १० बर्ष मुनीका बालबालिका ,जेष्ठ नागरिक,अशक्त अपांगलाई प्रबेश निशुल्क रहनेसमेत उहाँले बताउनुभयो ।
खेल संयाेजक अनिल शाहीले खेलमा प्रथम पुरस्कार नगद ३लाख ५० हजार, टफि,मेडल र प्रमाण पत्र ,दोस्रो पुरस्कार २ लाख टफि मेडल र प्रमाण पत्र प्रदान गरिने साथै प्रतियोगितामा युनाईटेड युथ क्लव गिरूवारी रूपन्देही,सम्पूर्ण युथ क्लव तिलाेत्तमा रूपन्देही ,अभिशेख चर्च रजहर नवलपुर,न्यू युथ युनियन क्लव तानसेन पाल्पा , हिमालय सेर्पा क्लव काठमाडौ ,ज्याेतिपुञ्ज युवा क्लव रामपुर पाल्पा भैरव स्पाेर्टस क्लव नवलपरासी ,सूर्यपुरा एफसी चितवन,हाेराईजन क्लव वालिङ स्याङ्जा र देवदह ब्वाइज रूपन्देहीकाे प्रतिस्पर्धा हुने तयारी भएकाे बताउनुभयो।
भेटघाटमा क्लवका टिम काेच केशव श्रेष्ठ र क्याप्टेन विजय मल्लले रामपुर क्षेत्रबाट आयाेजक ज्याेतिपुञ्ज क्लवको तयारिबारे जानकारी दिनुभएको हो।प्रतियोगिता खेल भाेली आईतवार दिउसाे २ बजे लुम्बिनी प्रदेश अर्थ उद्याेग पर्यटन विकास समिति सभापति एवं प्रदेश राजु प्रसाद श्रेष्ठले समुदघाटन गर्ने समेत आयोजकले बताएको छ।













