राष्ट्रिय न्युज- पाल्पाको माथागढीममा एक पुरुषको शव फेला परेकोछ। माथागढी गाउँपालिका वडा नम्बर ७, मटेरी टोल र ओखरीगौडाको बीचमा रहेको भुर्लुक्डी खोलाको होमपाइममा अड्किएकाे अवस्थामा शव फेला परेकाे हो । ह्युम पाइपमा अड्किएकाे उक्त शव विनयी त्रिवेणी गाउँपालिका-५, बाह्रबिसे नवलपुरका पूर्ण बहादुर ठाडामगर रहेको प्रहरीले जनाएकाे छ ।
मृतक ठाडा बडा दशैकाे नवमीको दिन माथागढी मटेरीस्थित ससुराली आएका थिए । १६ गते दशमी टीका लगाएर बिहानै ७ बजे नवलपुर घर फर्किने क्रममा खाेलाले बगाएर ठाडाकाे मृत्यु भएको हुन् सक्ने प्रहरीले अनुमान गरेकाे छ । १५ गते रातिको पानीले खोला बढेपछि सम्भव त खोला तर्ने क्रममा खोलाले बगाएर होमपाइपमा अड्किएकाे हुन् सक्ने स्थानीय बासिन्दालृे अनुमान लगाएका छन ।
स्रोत : अम्मर काम्मु मगर










