राष्ट्रिय न्युज- नेपालीहरुको महान् चाड बडादशैंका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष टीका जमरा नलगाउने बताएकी छन् । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिएका छन ।
जेनजी आन्दोलन प्रश्चात नेपालको प्रथम महिला प्रधानमन्त्री बन्नु भएकी कार्कीको सचिवालयले दिएको जानकारी अनुशार पीडाको यस अवस्थामा टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने जानकारी गराएको छ ।













