राष्ट्रिय न्युज- जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार ज्यान गुमाउनेको कुल संख्या ५१ पुगेको हो। जसमध्ये तीन जना प्रहरी छन्। त्यसबाहेक २१ जना प्रदर्शनकारी, १८ जना अन्य, ९ जना कैदीबन्दी छन्।
देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।













