राष्ट्रिय न्युज -सोमबार भएको जेनजीहरूको पर्दशनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । पर्दशनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि समेत गरेको छ । साथै काठमाडौँ, ईटहरी, रुपन्देही, पोखरा लगायत देशका बिभिन्न ठाँउमा कर्फ्यु समेत लगाईएको जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक स्रोतले बताएकोछ । सोमबार भएको जेनजीको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।










