बासुदेव ढकाल- प्रेस चौतारी नेपाल रामपुर नगरकमिटीको दोस्रो अधिबेशनले रहेको ७ सदस्यीय कार्य समिति सर्वसहमत गरेको छ । जसको उपाध्यक्षमा कला खनाल, सचिव मनबहादुर भुजेल, सहसचिब दुर्गा बिक, काेषाध्यक्ष प्रेम राई मगर, सदस्यमा रमा श्रेष्ठ र माधब ढुङ्गाना रहनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य एबं अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले जनतामा भ्रम सिर्जना गर्ने र गलत सूचना सम्प्रेषण गर्ने काम भएको भन्दै सहि सूचना दिने काम पत्रकारहरुले गर्नुपर्ने बताउनुभयो ।उहाँले पार्टीले गरेका सहि कामलाई जनताको बीचमा पुर्याउने काम प्रेस चौतारीका सदस्यहरुको भएको भन्दै पार्टी र नेताले गलत काम गरेमा सचेत गराउने कामपनि चौतारीका सदस्यले गर्नुपर्ने बताउनुभयो ।अहिले मानिसहरुमा लामो समाचार भन्दापनि छोटाे समाचार सुन्ने र पढ्ने बानिको बिकाश भएको भन्दै जनताको भावना अनुसार सत्यतथ्य समाचार लेख्न र बोल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दामोदर पाठकले प्रेस चौतारीलाई ब्यबस्थित गर्दै सत्य र तथ्य समाचार लेख्न आग्रह गर्नुभयो ।उहाँले नेकपा एमाले पार्टी सधैं प्रेस चौतारीको साथमा रहेको भन्दै आफुले अभिभावकीय भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले रामपुर नगरकमिटी उपाध्यक्ष अशोक श्रेष्ठ ,सचिव लोकनाथ भट्टराई, नेकपा एमाले वडा नम्बर ३ वडाकमिटी अध्यक्ष इश्वरीदेबी खनाल,प्रेस चौतारी नेपाल पाल्पा जिल्ला सहइन्चार्ज बन्दना पोखरेल,प्रेस चौतारी नेपाल पाल्पा जिल्ला उपाध्यक्ष शोभाकान्त पाठक, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका पुर्ब सल्लाहकार बासुदेब ढकाल, नेपाल पत्रकार महासंघ पाल्पा शाखा पुर्ब उपाध्यक्ष सिर्जना घिमिरे ,प्रेस चौतारी नेपाल पाल्पा जिल्लाका पुर्ब सदस्य दानस मल्ल ठकुरी,अनेरास्ववियु पाल्पा जिल्ला अध्यक्ष सन्देश ढकाल लगायतले बोल्दै अधिबेशन पुर्ण सफलता सहित सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्नुभयो । प्रेस चौतारी नेपाल रामपुर नगरकमिटी अध्यक्ष रस्मिता घिमिरे पोखरेलको अध्यक्षतामा भएको अधिबेशन कार्यक्रममा स्वागत सदस्य दुर्गा बिक र संचालन नगर सचिव मनोज भुजेलले गर्नुभएको थियो ।












