नेत्र गैरे।
दर्लमडाडा माध्यमिक बिधालयले कक्षा १२ उत्तिर्ण गरेका १७ जना बिद्यार्थीहरु लाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा ३.६ जि. पि. ए. ल्याइ बगनासकाली गाउँपालिका प्रथम भएकी शिला दर्लामी लगायतलाई खादा साथै प्रमाणपत्रले सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथी बगनासकाली गाउँपालिका ५ नम्बर वडाका वडाध्यक्ष ओम प्रकाश गैरेले बगनासकाली गाउँपालिकामै गत एस ई ई मा र कक्षा १२ को नतिजा सफल गराउन सफल भएकोमा बिद्यालय परिवारलाई बधाई साथै शुभकामना दिदै आगामी दिनमा शैक्षिक यात्रामा सहयात्रा र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विधालय व्यवस्थापन समिति अध्यक्ष पीताम्बर शर्माले गुणस्तरिय शिक्षाको प्राप्तिको लागि निरन्तर लागि रहने बताउनु भयो । बिद्यालयको गुणस्तरिय बिकासका लागि अल्पकालिन र दिर्घकालिन शैक्षिक योजनाका साथ आफुहरु अगाडी बढेको प्रधानाध्यापक डिल्लीराज गैरेको भनाइ थियो । शिक्षक भूपती बस्यालले शिक्षक विधार्थी अभिभावक को सकृयतामा आगामी बर्ष अझ राम्रो नतिजा ल्याउन सकिने बताउनु भयो ।
कार्यक्रममा सामाजिक बिषयमा ३ जनालाई ए प्लस ल्याउन र १००% नतिजा दिन सफल शिक्षक गोपीकृष्ण देवकोटा लगायत शिक्षक साथै अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो । यस बिद्यालयले कक्षा १२ को नतिजामा उत्तिण प्रतिशत ७०.८३ र एस.ई.ई. मा सत्प्रतिशत नतिजा ल्याई गाउँपालिकामा उत्कृष्ट बिद्यालय बन्न सफल रहेको बिद्यालयले जनाएको छ ।
सम्मान कार्यक्रम शिक्षक दामोदर बस्यालबाट स्वागत शिक्षक अभिभावक संघ अध्यक्ष सीता भण्डारी को अध्यक्षता र शिक्षक पिमला न्यौपानेको संचालनमा सम्पन्न गरिएको थियो ।












