पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजतप्राप्त हातहतियार प्रहरीमार्फत तत्काल प्रशासनमा बुझाउन आग्रह गरेका छन् । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै प्रशासनले इजाजत प्राप्त हातहतियार तत्काल प्रहरी कार्यालयमार्फत प्रशासनमा बुझाउन आग्रह गरिएको हो ।
यस अघि चैत ८ गते प्रकाशित सूचना अनुसार केही ब्यक्तिहरुले अझैसम्म पनि हतियार नबुझाएको पाइएकोले फेरी २३ गते एक हप्ते सूचना जारी गरिएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले चुनावलाई मध्यनजर गर्दै हातहतियार बुझाउन आग्रह गरिएको र चनुावपछि उक्त हतियार फिर्ता गरिने बताउनुभयो । यदि कसैले अटेर गरी हतियार राखेमा कानून बमोजिम हदैसम्मको कारवाही गरिने समेत पन्तले बताए।













