नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका हुन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याए र महासचिवमा भने अन्जिता खनाल विजयी हुनुभयो । उनले ३६ सय ८२ मत ल्याएका थिए। उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका थिए ।
अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको हो । घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिऐ भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए। उनको प्यानल नै पराजित भएको हो ।













