राष्ट्रिय न्युज- माथागढी गाउँपालिकामा ग्रामीण आर्थिक बिकास संघ रेडाले आफ्नो कार्यक्रम अघि बढाउन सम्बन्धित वडाहरुमा आन्तरिक छलफल शुरु गरेको छ। शुक्रवार मसलाजन्य अदुवा बेसार लगायत उत्पादनको लागि प्राथमिकतामा राखेर काम गर्न सकिन्छ कि सकिदैन भन्ने विषयमा वडा नम्बर २ रुप्सेका वडा अध्यक्ष बोम बहादुर ठाडा, वडा सचिव सरस्वती पन्थ लगायतका जनप्रतिनिधि, कर्मचारीहरु संग वडा कार्यलयमा छलफल भएको छ । रेडाको तर्फबाट स्पाईसी नेपाल परियोजना संयोजक सन्देश खनाल र माथागढीका लागि रेडाको तर्फबाट कृषि प्राबिधिक सोनी थापाको उपस्थिति रहेको थियो।
सो छलफल प्रश्चात वडा नम्बर २ रुप्सेको अदुवा राम्रो उत्पादन हुने ठाँउको रुपमा छनोट गरि बोक्सादी, सपाङ्गदि, देउराली, रजैपोखरा र अमराईमा समुह गठन गरी काम शुरु गर्न लागेको वडा सदस्य यानसिंह थापाले बताउदै आईतबार देखि कृषक समुह गठन गरिने जानकारी गराउनु भयो । उक्त समुहले अदुवा खेतीलाई प्राथमिकतामा राखेर काम गर्ने छ। कृषक समुहबाट उत्पादित अदुवालाई बजारीकरणमा समेत रेडाले सहयोग गर्ने परियोजना संयोजक संदेश खनालले जानकारी गराउनु भयो। यस बर्ष परियोजना ढिलो शुरु भएको हुदा समय मै बिउ उपलब्ध गराउन सकिएन तर किसानले लगाईसकेको खेतीलाई औषधि देखि प्राबिधिक सहयोगसम्म रेडाले गर्ने संयोजक खनालले बताउनु भयो ।
उक्त टोलीले शुक्रबार नै वडा नम्बर ४ झडेवामा वडा अध्यक्ष शंकर दर्लामी सहित जनप्रतिनिधि र वडा कर्मचारीहरुसंग छलफल गरेको थियो । यस्तै गरि रेडाले अन्य वडाहरुमा पनि परियोजना संचालन गर्ने भएको छ ।













