माथागढी स्काउटरको आयोजनामा प्रथम मित्रता क्याम्प २०८२ सराईमा सम्पन भएको छ । ३ दिन सम्म चलेको मित्रता क्याप २०८२ लुम्बिनी प्रदेश मै पहिलो पटक आयोजना भएको हो । स्थानीय स्काउट माथागढीको आयोजनामा बिहीबार देखि शुरु भएको क्याम्प शनिबार सम्पन भएको थियो । उक्त कार्यक्रमको पहिलो दिन बिहिबार माथागढी स्काउटका संरक्षक एबम गाउँपालिकाका अध्यक्ष यम चिदीले उद्घाटन गर्नु भएको थियो । आफ्नो उद्घाटन मन्तव्य राख्दै प्रमुख अथिति चिदीले क्याम्पमा सहभागी विद्यार्थीहरूले समुदायप्रति निर्वाह गर्ने जिम्मेवारी, असल नागरिक प्रतिको जिम्मेवारी सिक्न सहज हुने र विद्यार्थीलाई अनुशासनमा बाध्ने विस्वास गर्नुभयो । सो अवसरमा पालिकाकी प्रमुख स्काउट एबम गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, वडा नम्बर ३ का अध्यक्ष तेजबहादुर घर्तीमगर लगायतले स्काउट क्पाम्प संचालनले विद्यार्थीहरुलाई थप अनुशासन र सहयोगी भावको बनाउने बताउदै मित्रता कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिनु भएको थियो। बिहीबार देखि शुरु भएको मित्रता क्याम्पमा माथागढीका १८ वटा विद्यालयका १३४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रम माथागढी स्काउटका आयुक्त शोभा भट्टराईको अध्यक्षता, माथागढी शिक्षा शाखाका प्रमुख प्रकाश पाठकको संचालनमा भएको हो । भने उपस्थित सबैको मन्तव्यबाट खेम बहादुर ठाडाले स्वागत गर्नु भएको थियो। प्रमुख अथिती यम चिदी लगायतका अथितिहरुले दिप प्रज्वलन गरि उद्घाटन र राष्ट्रिय एबम स्काउट झन्डा उत्तोलन गर्नु भएको थियो। भने आजको बिचार माधव घिमिरे र स्काउट प्राथना सोभिता रानाले गराउनु भएको थियो। तीन दिन सम्म क्याम्पिङ सहित चलेको तालिममा स्काउट विद्यार्थीहरुलाई सत्य नारायण शाही र रोजिना शाहीले प्रशिक्षण दिनु भएको थियो ।
माथागढ़ी स्काउटको प्रथम मित्रता क्याम्पको दोस्रो दिन शुक्रबार बेलुकी सिब राघिनी प्रज्वलन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमको प्रमुख अथिति एबम लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु हुनुहुन्थ्यो । सो अवसरमा आफ्नो मन्तव्य राख्दै प्रमुख अथिती खेम सारुले विद्यार्थीहरूका लागि व्यवहारिक ज्ञान र सीपयुक्त बनाउन यस्ता क्याम्प तथा तालिमले सहयोग पु-याउने बताउनुभयो । अबका विद्यार्थी आफ्नो अध्ययनसँगै प्रविधि र सीपमा पनि अब्बल हुनुपर्ने धारणा समेत राख्नु भएको थियो। सो अवसरमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदी जनप्रतिनिधि, सुरक्षा निकाय, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। । कार्यक्रम स्काउट माथागढीका आयुक्त शोभा भट्टराईको अध्यक्षता र शिक्षा शाखा प्रमुख प्रकाश पाठकको संचालनमा भएको थियो । सिब राघिनी प्रज्वलन संगै सहभागी स्काउट बिद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरिएको थियो । भने विभिन्न नाम दीईएका समुह मार्फत गित नृत्य संगै रचनात्मक कार्य गर्दै सबैलाई स्काउट बिध्यार्थीहरुले मनोरंजन प्रदान गरेका थिए ।
त्यस्तै शनिबार सम्पन्न मित्रता क्याम्पको अन्तिम दिन अर्थात समापन समाहारोमा आफ्नो मन्तब्य राख्दै प्रमुख अथिति एबम माथागढ़ी गाँउपालिका अध्यक्ष् यम चिदी, स्काउटको तालिमबाट बिभिन्न कुरा सिक्ने अवसर पाएको र त्यसलाई ब्यहारमा उतार्न आग्रह गर्नु भएको थियो । त्यस्तै वडा नम्बर ३ का अध्यक्ष् तेज घर्ति मगरले सहभागी बिद्यार्थीहरुको उर्जा र प्रस्तुति देखेर आफु प्रभावित भएको बताउनु भयो । त्यस्तै वडा सदस्य मान बहादुर रानाले स्काउटको यो मित्रता क्याम्पले बिद्यार्थी बीच सम्बन्ध थप गाढा हुने बताउनु भएको थियो । सोही समापन कार्यक्रममा बोल्दै सहभागी बिधार्थीहरु प्रिन्सा राना, कबिर रेशमी, रास्ट्रिय प्रशिक्षक सत्य नारयण शाही लुम्बिनी प्रदेश कार्य समिति सदस्य सुशिला गोदार लगायतले आफ्ना भनाई राख्नु भएको थियो । समापन कार्यक्रमशिक्षक नारायण रानाको संचालन, शिक्षा शाखा प्रमुख प्रकाश पाठकको स्वागत र मथागढ़ी स्काउटकी अध्यक्ष शोभा भट्टराईको अध्यक्षतामा सम्पन भएको थियो ।












