पाल्पा – पाल्पाको तानसेनलाई ढाका राजधानी घोषणा गरिएको छ । पाल्पाली ढाका भन्दा बढी गोरखपुर र पूर्वेली ढाकाको विक्रि हुँदै आएको पाल्पामा पाल्पाको ढाका शाखा जोगाउन भने यो घोषणाले गाह्रो पर्ने भएको छ । तानसेनमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश कानुन महिला तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले ढाका राजधानीको उद्घाटन गर्दै पाल्पा जिल्ला ऐतिहासिक र सांस्किृतिक स्थल रहेको र यहाँ उत्पादित करुवा र ढाकालाई अन्र्तराष्ट्रिय बजारसम्म पहिचान गराउनु पर्ने बताउनुभयो ।
तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले ढाका राजधानी घोषणा गर्दैमा पुर्णता नहुने हुँदा घोषणालाई सार्थकता दिन ठोस कार्ययोजना बनाई अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले एकल, गरिव महिलाहरुको उत्पादनमा सहभागिता रहेकोले उनीहरुको समृद्धिमा ठोस कार्यक्रम बनाउनु पर्ने बताउनुभयो ।्
घोषणा कार्यक्रमका सह आयोजक उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिब नारायण प्रसाद शर्मा दुवाडीले ढाका राजधानी घोषणाले औद्योगिक प्रवर्धनमा खुसी साथै चुनौती थपिएको र यो सफलताको प्राप्ती नभै लक्ष्य रहेको बताउनुभयो ।
तानसेन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा ढाका परियोजना कोअर्डिनेटर सागरमान महर्जनले ढाका र पाल्पा प्रर्यायबाची रहेको र हाल ३ सय ५० भन्दा बढी तान संचालनमा आएको बताउनुभयो । उहाँले हाल ३ सय ६५ जनालाई तालिम दिइएको र आउदो २ बर्ष भित्र १३ सय भन्दा धेरैलाई तालिमप्राप्त बनाइ उत्पादनमा सहजता ल्याउने बताउनुभयो ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले पाल्पामा ढाकाको उत्पादनलाई गाउँ गाउँसम्म पु¥याउनुपर्ने बताउनुभयो । यसै अबसरमा ढाका उद्यमी पूर्णमाया महर्जन, हरि रायमाझी, मनोजराज पौडयाल, हरिकृष्ण कार्की, नारायण गोपाल पाण्डेय, सरस्वती भट्टराई, सन्तमान श्रेष्ठ लगायतलाइ सम्मान समेत गरिएको थियो ।













