पाल्पा, रिब्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तुङ पालुङमा शुक्रबारका दिन सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा अचानक भिरबाट लडेर सोही ठाउँका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको मृत्यु भएको हो ।
जङ्गलमा लागेको आगो निभाउने क्रममा सर्तुङ्गे अचानक भिरबाट लडेका थिए । भिरबाट २० मिटर तल आगो लागिरहेको ठाउँमा उनको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको छ ।













