बासुदेव ढकाल चैत्र ७,
रामपुर पाल्पा । पाल्पाको रामपुर स्थित शहिद बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनको अध्यक्ष पदमा राजन गौतमले ऎतिहासिक बिजय प्राप्त गर्नुभएको छ। अनेरास्ववियु र क्रान्तिकारिको सयुक्त प्यानलका उम्मेदवार गौतम ३०१ मतसहति निर्वाचित भएका छन। विजयीसंगै शहिद बहुमुखी क्याम्पसमा २०४८ सालदेख नेविसंघको बर्चश्व रहदै आएको थियो ।
निर्वाचनमा गौतमले नेपाल विद्यार्थी संघका उम्मेदवार कसम मल्ल ठकुरीलाइ ४० मतान्तरले विजय भएका हुन। कसम मल्ल ठकुरीले २सय ६१मतले हार बेहोर्नु परेको छ।
सचिवमा अनेरास्ववियु क्रान्तिकारीका विमल क्षेत्रीले २८२ मतले बिजयि हुनुभएको छ।चुनावी प्रतिस्पर्धामा नेविसंघको बन्दना गैह्रेले २७७ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा संयुक्त प्यानलबाट सच्चा रेग्मी २९९ मत सहित विजयी हुनुभएको छ।जसमा नेविसंघकी धनकला रानाले २५६ मत प्राप्त गरेको निर्वाचन अधिकृत त्रिविक्रम खनालले जानकारी दिनुभयो ।
त्यस्तै प्रत्यक्ष तर्फ सदस्यमा नेविसंघबाट सदिक्षा ढकालले २७३ सविना भण्डारीले २६१ र शशी ढकाल २६० मत सहित विजयी भएकाछन । भने संयुक्त प्यानलबाट निरुता ढेंगा २६० इन्द्र बहादुर सोती २७० मत सहित विजयी भएकाछन ।७सय १५ मतदाता रहेकोमा ५सय ७१ मत खसेको थियो । त्यस्तै समानुपातिक तर्फ अनेरास्ववियु अनेरास्ववियू संयुक्त प्यानलले २९९ र नेविसंघले २७० मत प्राप्त गरेकोछ ।
मतगणना भइरहेका बेला उत्पन्न असहज परस्थितिकिा कारण मतगणना मंगलबार राती १२:३०मा स्थगति भएको सर्वदलीय सर्वपक्षीय बैठक पश्चात् बुधबार बेलुका ८ बजेदेखी मतगणना कार्य पुनः सुरु भएको थियो । मत गणनाको आखिरीमा केही मत गणना गर्न बाँकी रहँदा विवाद सिर्जना हुँदा नेवसिंघका प्रतिनिधि गणनास्थल छोडेका थिए ।
क्याम्पस हाताको बाहिर भिडभाड बढेर वातावरण असहज भएकोले प्रहरीले तीन राउन्ड हवाई फायर गरी भीडलाइ तितरवितर पारेको थियो ।













