पाल्पा।
त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा मिलन घर्ती मगरले नेविसंघका कृष्ण अर्याललाई ४८ मतले पछि पार्दे ३९० मत ल्याई विजयी भएका छन् । यो पाल्पामा अखिल क्रान्तिकारीको ऐतिहासिक जित हो । नेविसंघका कृष्ण अर्याल ३४२ मत, अनेरास्ववियु उम्मेदवार अनुजा अर्याल २८७ मत, अनेरास्ववियू स्वतन्त्र प्यानल उम्मेदवार उमेश भण्डारीको १८५ मत ल्याएका हुन्।
त्यसैगरी, स्ववियु सचिव पदमा नेविसंघका उम्मेदवार सुशिल बस्याल १८५ मतान्तरका साथ विजयी भएका छन् भने कोषाध्यक्ष पदमा नेविसंघकी उम्मेदवार मिस्मा राना ७१ मतान्तरका साथ विजयी भएकी छन् । भने सदस्यहरुमा नेविसंघका उम्मेदवार ज्योती दर्लामी,आशिका विश्वकर्मा, तोरन रास्कोटी, नबिन थापा, सुलभ भट्टराई र बबिता थापा विजयी भएका छन् । प्रत्यक्ष सदस्यमा एक जना इच्छा थापा अखिल क्रान्तिकारीबाट विजयी भएकी हुन् ।
१८९४ मतदाता रहेको यस क्याम्पसमा कुल १२२८ मत खसेको थियो ।












