वुटवल,२ चैत्र
बुधवार हेल्पर केयरिङ सर्कलले सेनेटरी प्याड वितरण तथा जनचेतनामूलक कार्यक्रम बुटवल –१ नारायणस्थानको श्री सरस्वती आधारभूत विद्यालयमा सम्पन्न गरेको छ ।
कार्यक्रममा सोही विद्यालयका ५० जना छात्राहरुलाई संस्थाले सेनेटरि प्याड वितरण गरेको होे । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरेन्द्र श्रेष्ठ,सोही विद्यालयका प्रधानाध्यापक टीकाराम शर्मा, सह प्र.अ. विजय शाक्य तथा शिक्षीकाद्धारा छात्राहरुलाई एक एक पोकाका दरले सेनेटरी प्याड वितरण गरिएको थियो ।
क्लवकी उपाध्यक्ष इशा अर्यालले प्याड वितरण लगतै किशोरी अवस्थामा वालिकाहरुमा हुने शाशिरीक परिवर्तन तथा महिनावारी हुदा उत्पन्न हुने समस्या र त्यसका निराकरण के कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी छात्राहरुलाई जानकारी गराएकी थिन् ।
कार्यक्रकका प्रमुख अतिथिको रुपमा रहनु भएका सुरेन्द्र श्रेष्ठले क्लवको यो कार्यक्रम सराहनिय रहेको वताउदै क्लवलाई धन्यवाद दिनु भयो । विशिष्ट अतिथि प्र.अ. टिकाराम शर्माले यो कार्यक्रम क्लवले आफ्नो विद्यालयलाइ छानी आउनु भएकोमा धन्यवाद ज्ञापन गर्दे यस कार्यक्रमले छात्राहरुमा थप हौसला समेत पधान गर्ने वताउनु भयो । शर्माले आफ्नो विद्यालयमा छात्राहरुलाई महिनाको समयमा प्रयोग गर्न सकिने गरि एउटा छुट्टै कोठा समेत उपलब्ध गराएको जानकारी दिनु भयो ।
साथै विशिष्ट अतिथि सह प्र.अ. विजय शाक्य र अतिथी यमसागर बस्यालले पनि धन्यवाद ज्ञापन सहित आफ्ना भनाईहरु राख्नु भएको थियो ।
कार्यक्रमका विच गायक विनोद विश्वकर्माले आफ्नो गीतले छात्राहरुलाई मनोरञ्जन समेत दिनु भएको थियो ।
क्लवले यस्ता सहयोगका कार्यक्रमहरु गरिरहने वताउदै विद्यालय,सहयोगी संघ सस्था साथै उपस्थित सवै अतिथीहरुलाई सम्मान स्वरुप मायाको चिनो समेत प्रधान गरेको क्लवका अध्यक्ष विश्वास घिमिरेले जानकारी दिनु भयो ।













