पाल्पा
प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
भैरहवाबाट म्याग्दीको बेनितर्फ जादै गरेको लु १ ख ८९५० नम्बरको बसमा चेकजाच गर्ने क्रममा बसमा सवार म्याग्दीको धौलागिरी गा पा ६ का रेशम जुग्जालीलाइ सिद्धार्थ राजमार्ग राम्दीबाट पक्राउ गरेको हो।
जुग्जालीलाइ खानतलासी गर्दा निजको शरीरबाट लागु औषध डाइजेपाम ६५ एम्पुल, नुफिन ६६ एम्पुल,फेनारगन ६५ एम्पुल,सिंरीन्ज ५ थान,सिरींजमा प्रयोग हुने निडिल ३ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुचना अधिकारी सुगन्ध श्रेष्ठले लजानकारी दिनुभयो।
जुग्जालिलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।











